नेपाल प्रिमियर लिगको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
काठमाडौं। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुने ‘नेपाल प्रिमियर लिग’ (NPL) को तेस्रो संस्करणलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (ICC) ले औपचारिक मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।