सरकारले बढायो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ। यो मूल्य गत आर्थिक वर्षको तुलनामा प्रतिक्विन्टल १६२ रुपैयाँले बढी हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारणसम्बन्धी निर्णय गरेको हो।