कर्जा विस्तारको गति अझै सुस्त, निजी क्षेत्रको कर्जा माग कस्तो ?
काठमाडौं। बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता र घट्दो ब्याजदरको अवस्था कायम रहे पनि निजी क्षेत्रमा कर्जा विस्तारको गति अझै मध्यम देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार दुई महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ।