SHARE
लोक पथ · बुधबार २८ असो २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार पोखरामा सम्पन्न २८औँ वार्षिक साधारण सभाले लाभांश ३ प्रतिशत नगद र ३ प्रतिशत बोनश शेयर गरी ६ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।