महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटीएम सिटीमा १० प्रतिशतसम्म छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीका आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । महालक्ष्मी विकास बैंक र फेसन तथा जीवनशैलीसम्बन्धी सामग्री बिक्री गर्दै आएको केटीएम सिटीबीच यससम्बन्धी सम्झौता भएको हो ।