मुक्तिनाथ विकास बैंकलाई तीन अवार्डबाट सम्मान
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले आयोजना गरेको ‘फोनपे अनर्स’ कार्यक्रममा तीन वटा अवार्ड प्राप्त गरेको छ। बैंकले विकास बैंक समूहअन्तर्गत मोबाइल बैंकिङ र क्यूआर भुक्तानीमा उत्कृष्ट कारोबार गरेबापत उक्त अवार्ड प्राप्त गरेको हो।