SHARE
लोक पथ · बुधबार २८ असो २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

दशैँ मनाउन गाउँ फर्किने बढे, २४ घण्टामा ७८ हजार यात्रु उपत्यकाबाट बाहिरिए

काठमाडौं । नेपालीको महान् पर्व बडादशैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका मानिस दशैँ मनाउन धमाधम गाउँ फर्किन थालेका हुन् ।