SHARE
लोक पथ · बुधबार २८ असो २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

सुनको मूल्य एकै दिन २ हजार ७ सयले घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ । योसहित विगत तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकेको छ ।