SHARE
लोक पथ · बुधबार २८ असो २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

आयल निगमले भन्यो– ‘झापामा पेट्रोलियम पदार्थको अभाव छैन’

झापा । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति तथा वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडबाडका बेला उपभोग्य वस्तुको माग बढ्न सक्ने भएकाले आपूर्ति व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।