काठमाडौंका सडकमा राति रोड मार्किङ, दशैँअघि मुख्य सडकको काम सक्ने लक्ष्य
काठमाडौं । काठमाडौंका सडकमा ट्राफिक व्यवस्थापन सहज र सडक आवागमन सुरक्षित बनाउन सडक डिभिजन काठमाडौंले रोड मार्किङ तथा ट्राफिक संकेत निर्माणको काम तीव्र पारेको छ । दिउँसो सवारीसाधनको चाप बढी हुने भएकाले डिभिजनले सडकमा थर्मोप्लास्टिक पेन्टिङसहितका चिह्न निर्माणको काम रातिको समयमा गरिरहेको छ ।