SHARE
लोक पथ · मङगलबार २७ असो २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरु

काठमाडौं । गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम वितरण गर्न थालिएको छ । प्राधिकरणले सम्पर्कविहीन ४७ कर्मचारीमध्ये ६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइसकेको छ ।