दशैंअघि ८५ उपसचिवको सरुवा, अर्थ मन्त्रालयमा १७ तानिए, बाँकी ६८ कहाँ पुगे ? (सूचिसहित)
काठमाडौं । दशैंको बिदा सुरु हुनुअघि अर्थ मन्त्रालयले राजस्व समूहका उपसचिवसहित विभिन्न पदमा कार्यरत अधिकारीहरूको व्यापक सरुवा गरेको छ । मन्त्रालयको असोज २३ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, राजस्व समूह, राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकारीहरूको सरुवा गरिएको हो । विभिन्न कार्यालयमा कार्यरत १७ जना अधिकारीलाई अर्थ मन्त्रालयमा ल्याइएको छ।