SHARE
लोक पथ · सोमबार २६ असो २०८३ ०५:३४ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितलाई सामसङको राहत, बिग्रिएका उपकरण मर्मतमा १०० प्रतिशतसम्म छुट

काठमाडौं । सामसङ नेपालले बाढीबाट प्रभावित परिवारलाई राहत दिन विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत बाढीका कारण बिग्रिएका छनोटमा परेका सामसङका मोबाइल फोन, ट्याब्लेट र घरायसी विद्युतीय उपकरण मर्मत गर्दा वा नयाँ लिँदा १०० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।