बूढीगण्डकी बाढी : ३ वटा हाइड्रोमा क्षति, २६ वटा घर बगे
काठमाडौं । आइतबार गोरखास्थित बूढीगण्डकी नदीमा एक्कासी आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार नदी तटीय क्षेत्रमा रहेका २६ वटा घरमा क्षति पुगेको छ । यसैगरी ९ वटा गोठ र ३ वटा हाइड्रोपावरमा क्षति पुगेको छ ।