इन्टरनेट प्याकेज र शुल्क सार्वजनिक गर्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई आफूले उपलब्ध गराउने इन्टरनेट प्याकेज, गति र महसुल दर पारदर्शी रूपमा सार्वजनिक गर्न निर्देशन दिएको छ। स्वीकृत दर लुकाउने, पूर्वस्वीकृतिबिना प्याकेज परिवर्तन गर्ने वा स्वीकृतभन्दा फरक शुल्क लिने सेवा प्रदायकमाथि कानुनअनुसार कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ।