हिमपहिरोबाट बुढीगण्डकीमा बाढी आएको अनुमान : आरुघाटमा खतराको तह पार, ६ जिल्लामा उच्च सर्तकता
काठमाडौं। गोरखास्थित बुढीगण्डकी नदीमा आज बिहान अचानक आएको बाढीको सतह घटबढ भइरहेको छ। बाढी मानव बस्तीभन्दा माथिको हिमाली क्षेत्रबाट सुरु भएको हुन सक्ने अनुमान गरिएको बाढी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका बाढीविद् विनोद पराजुलीका अनुसार बिहान करिब ४ बजेदेखि चुमनुब्री गाउँपालिकाको चुम्चेत क्षेत्रमा ठूलो बाढी आएको हो ।