जोडियो नुवाकोट–रसुवा, बेत्रावतीमा बेलिब्रिज सञ्चालनमा
काठमाडौं । गत भदौ १० गते आएको भोटेकोशीको बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण सम्पन्न भइ सञ्चालनमा ल्याइएको छ । पुल निर्माणसँगै आइतबारबाट उक्त खण्डमा सवारीसाधनको आवागमन औपचारिक रूपमा सुचारु भएको हो ।