एमजी हेक्टर टोमहक ईभीको मूल्य ५७ लाख ९९ हजार, कस्तो छ फिचर?
काठमाडौं । एमजीले नेपाली बजारमा भित्र्याएको नयाँ विद्युतीय एसयूभी हेक्टर टोमहक ईभीको मूल्य सार्वजनिक गरेको छ। सात सिट क्षमताको यस विद्युतीय एसयूभीको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एमजीको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्सले भारतमा उत्पादन भएको हेक्टर टोमहक ईभी नेपाली बजारमा ल्याएको हो।