SHARE
लोक पथ · शनिबार २४ असो २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजारभन्दा बढी प्रहरी परिचालन

सुर्खेत । दशैँ, तिहार र छठ पर्वलाई सुरक्षित बनाउन कर्णाली प्रदेशमा ५ हजार ३१४ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, झैझगडा, जुवातास र कालोबजारी नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।