SHARE
लोक पथ · शनिबार २४ असो २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

मौसम सुधार भएपछि धौलागिरि आरोहण पुन:सुरु

म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको शरदयामको आरोहण फेरि सुरु भएको छ । भारी हिमपात र खराब मौसमका कारण आधार शिविरबाट फर्किएका पर्वतारोही अहिले पुनः चुचुरोतर्फ अघि बढेका छन् । ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल विश्वको सातौँ अग्लो हिमाल हो । यो म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा पर्छ ।