SHARE
लोक पथ · शनिबार २४ असो २०८३ १०:३० AM · 1 मिनेट पढाइ

नयाँ बसपार्कमा घर जाने यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाको स्वास्थ्य सेवा विभागमार्फत महानगर प्रहरी बलले यात्रुका लागि स्वास्थ्य जाँचको व्यवस्था गरेको हो ।