SHARE
लोक पथ · शुक्रबार​ २३ असो २०८३ ०२:०९ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : कर्मचारीको तर्फबाट ४५ लाख बढी सरकारलाई सहयोग

काठमाडौं । गत भदौ १० गते त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले स्वेच्छिक रुपमा तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५,९७,३५३.५० योगदान गरेका छन् ।