यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै : व्यवस्थापन संकायका मात्रै ४३ हजार बढी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक वर्षमा स्नातकदेखि विद्यावारिधिसम्मका ९५ हजार ५४० विद्यार्थीलाई दीक्षित गर्ने भएको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस बैठकले ६४औँ ग्रेस लिस्ट पारित गर्दै उक्त संख्याका विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराउने निर्णय गरेको हो ।