SHARE
लोक पथ · बिहीबार २२ असो २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनको चासोपछि वायुसेवा कम्पनी भाडा घटाउन तयार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेश’को सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन् । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी हवाई भाडादर बढाइएको गुनासो आएपछि प्रधानमन्त्री शाहले यस विषयमा चासो देखाएका थिए ।