SHARE
लोक पथ · बिहीबार २२ असो २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : अन्ततः भोलिसम्मलाई सर्‍यो मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान शुक्रबारसम्मका लागि सरेको छ । आज बिहान ७ बजेका लागि मतदान हुने भनिएको थियो । तर आन्तरिक तयारी भन्दै बिहान १० बजेसम्मका लागि मतदानको मिति सारियो, त्यसपछि पुनः दिउँसो १ बजेसम्मका लागि सारिएको थियो ।