कांग्रेस महाधिवेशन : फेरि सर्यो मतदानको समय, २ बजेबाट सुरु हुने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय फेरि सरेको छ । मतदानको सम्पूर्ण तयारी पूरा नभएपछि दिउँसो १ बजेका लागि तय गरिएको मतदानको समय पुनः सारिएको हो । यसअघि आज बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको थियो ।