SHARE
लोक पथ · बिहीबार २२ असो २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

चाडपर्व नजिकिँदै गर्दा अनलाइन ठगी बढ्यो, प्रहरीले दियो यस्तो चेतावनी

काठमाडौं । बडादशैँ र तिहार नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटना बढ्न थालेका छन् । सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि प्रहरीले उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ ।