नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाले थप १५ मिलियन डलर दिने
काठमाडौं । नेपाललाई अस्ट्रेलियाले विपद् व्यवस्थापन तथा राहतका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा भएको भेटवार्तामा वङले उक्त सहयोगको घोषणा गरेकी हुन् ।