SHARE
लोक पथ · बिहीबार २२ असो २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित ‘4G’ सेवा सञ्चालनमा

काठमाडौं । एनसेलले सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर सञ्चालनमा ल्याएको छ । टावर सञ्चालनमा आएसँगै मार्माको लट्टिनाथ क्षेत्रमा फोरजीसहितका दूरसञ्चार सेवा उपलब्ध हुन थालेका छन् । स्थानीय बासिन्दाको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखेर टावर जडान गरिएको एनसेलले जनाएको छ ।