SHARE
लोक पथ · बुधबार २१ असो २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

सेयर बजार फेरि घट्यो, नेप्से ६.३८ अंकले ओरालो

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजारमा पुनः गिरावट आएको छ । सोमबार र मंगलबारको उतारचढावपछि नेप्से परिसूचक आज ६.३८ अंकले घटेर २ हजार ५७२ दशमलव ३४ बिन्दुमा झरेको हो । मंगलबार नेप्से ११.९६ अंकले बढेको थियो । तर, बुधबार भने बजारले सो वृद्धि टिकाउन सकेन ।