दशैँमा नयाँ नोट साट्न बैंक धाउनुपर्ने बाध्यता घट्यो, एटीएमबाटै पाइने
काठमाडौं । यसपालिको दशैँ तथा चाडपर्वमा नयाँ नोट साट्न नेपाल राष्ट्र बैंक धाउनुपर्ने बाध्यता कम हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ ।