गुल्मीको  पालुखा जंगलमा चितुवा मृत अवस्थामा फेला

काठमाडौँ । गुल्मीको पालुखास्थित जंगलमा मृत अवस्थामा चितुवा फेला परेको छ । गुल्मी जिल्लाको इस्मा गाउँपालिका- २ पालुखास्थित जंगलमा चितुवा मृत फेला परेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए।

मृत अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीलाई जिम्मा लगाइएको वडाअध्यक्ष लोकनाथ आचार्यले बताए । चितुवाको मुखमा चोट लागेको अवस्थामा फेला परेको  डिभिजन वन कार्यालय गुल्मका सहायक वन अधिकृत पंकजकुमार ठाकुरले बताए ।

दुईवटा चितुवा एक आपसमा लडने क्रममा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उनले बताए ।