खाने तेलको मूल्य प्रतिलिटर २० रुपैयाँले बढ्यो, उपभोक्ता मारमा

काठमाडौँ । नेपालीका ठूला चाडपर्व दशैँ तिहार आउनै लाग्दा खाने तेलको मूल्यमा वृद्धि भएको छ। पछिल्लो एक(डेढ साता ​बिचमा खाने तेलको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले थोकमै वृद्धि भएको हो।

यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ। उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन। पछिल्लो समयमा खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ।

विभागका महानिर्देशक राजन पौडेलले मूल्यवृद्धिको विषयलाई आफूले नियालिरहेको र केही तेल उत्पादक उद्योगसँग यस विषयमा सोधपुछ गर्ने काम पनि भइरहेको बताए।