चार अर्बको सेयर कारोबार, नेप्सेमा २२ अंकले गिरावट  

काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार २२.३६ अंकले घटेको छ । नेप्से ०.८९ प्रतिशतले घटेर २४६४.४० को विन्दुमा पुगेको हो ।

साताको पहिलो कारोबार दिन एक करोड तीन लाख ११ हजार ८८५ कित्ता सेयर चार अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
 
यस दिन सबैभन्दा धेरै कमाउने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.५५ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा रहेको अफर स्यांग्जे हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन क्षेत्रको समूहगत परिसूचक मात्र बढेको छ ।