नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा 

काठमाडौँ । वीपी राजमार्ग अन्तर्गत नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले जानकारी दिए ।

आइतबार नेपालथोक मुलकोट सडक खण्ड पनि खुलाइएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभागका डोजहरुको प्रयोग गरेर सडक सञ्चालनमा ल्याइएको शर्माले बताए ।

सडक सञ्चालनमा आएसँगै नेपालथोकबाट सिन्धुलीतर्फ आएर गाडीहरु आ–आफ्नो गन्तव्यमा जान सुरु गरेका छन् । वर्षा रोकिए पनि आइतबार मात्रै सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा सडक भाँसिएको छ । उक्त ठाउँमा सानो डाइभर्स बनाएर सडक सञ्चालन गरिएको उनले बताए ।