पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा  

काठमाडौँ । लगातारको वर्षाका कारण पहिरो खस्दा अवरूद्ध भएको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर –६ अक्करेभिरमा स्थित सडक अवरुद्ध भएको थियो ।

गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसीभीले पहिरो पन्छाउने कार्य भइरहेको छ ।

बुधबार बिहान सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ स्थित लोकमार्गको खुर्कोट-घुर्मी सडकमा लेदोसहितको पहिरो आउँदा ट्रक नै पुरेको थियो ।