५ दिनअघि ‘मिस्टर काठमाडौँ’ जितेका प्रकाश राईको निधन

काठमाडौँ । पाँच दिनअघि ‘मिस्टर काठमाडौँ’को उपाधि जितेका प्रकाश राईको बुधबार बिहान हृदयघातका कारण निधन भएको छ।

४५ वर्षीय राईलाई बिहान हृदयघात भएपछि तत्कालै उपचारका लागि ग्रान्डी अस्पताल पुर्‍याइएको थियो, तर उनको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ।

मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै ओभरल भिडन्तमा ‘मिस्टर काठमाडौँ’को उपाधि जितेका थिए। राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए ।

राईको निधनपछि उनका आफन्त मोरङबाट काठमाडौँ आइपुगेका छन्।