सुनको मूल्य घट्यो, कति छ आजको बजार भाउ ?

काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।

प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।