माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै 

काठमाडौँ - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।

हिजोदेखि काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका बारेमा समिक्षा सुरू गरिएको छ ।

आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ ।

फागुन १ गते देखि सुरू हुने विधान अधिवेशन अघि माओवादीले केन्द्रीय समिति बैठक बोलाएको छ । गत शनिबार सम्पन्न स्थायी समितिले १ सय ५१ सदस्यीय केन्द्रिय समिति बनाउने प्रस्ताव पारित र त्यसलाइ पदाधिकारीले टुंगो लगाएर विधान अधिवेशनमा पेश गर्ने निर्णय गरेको भोलीपल्ट सो केन्द्रीय समिति बैठक बोलाइएको हो ।