परराष्ट्रमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौँ ।  नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटवार्ता आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो । भेटमा राजदूत थम्पसनले नवनियुक्त परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।

भेटमा नेपाल–अमेरिका सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत शुक्रबार परराष्ट्रमन्त्री श्रेष्ठसँग नेपालका लागि भारतीय र चिनियाँ राजदूतले शिष्टाचार भेटवार्ता गरेका थिए ।