माओवादीको स्थायी समिति बैठक बस्दै

काठमाण्डौँ - नेकपा माओवादी केन्द्रको  स्थायी समिति बैठक आज बस्दै छ । उक्त बैठक भोलि शनिबार पनि बस्नेछ । बैठक दिउँसो ३ बजे बस्न लागेको एक नेताले बताए ।

प्रथम विधान अधिवेशनको तयारीबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो । अधिवेशन फागुनको पहिलो हप्ता हुँदै छ । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने जनाइएको छ ।