प्रदेशको अधिकारमा सातै मुख्यमन्त्रीले गराए गठबन्धनका शीर्ष नेताको ध्यानाकर्षण

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता साझेदार दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटामा प्रधानमन्त्री दाहालले सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनु पर्ने उपायबारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सातै प्रदेशका मुख्यमन्त्रीले सत्ता गठबन्धनका शीर्ष नेतालाई प्रदेशको अधिकारका विषयमा ध्यानाकर्षण गराइरहेका छन् ।