'परिवर्तन नामको व्यवस्था गणतन्त्र होइन त्यो लुटतन्त्र हो' : राजेन्द्र लिङ्देन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले परिवर्तनको नाममा अहिले लुटतन्त्र बढेको र सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका हुन् । ‘परिवर्तनको नाममा जे व्यवस्था निर्माण गरे ।  त्यो गणतन्त्र होइन । अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो । सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो,’ उनले भने । यही अवस्थामा देश रहन नसक्ने भन्दै उनले नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने स्पष्ट पारे ।