त्रिभुवन विमानस्थल हुँदै लागुऔषध गाजाचरेस हङकङ पुगेको खुलासा

काठमाडौँ - नेपालको विमानस्थल भएर हङकङमा लागुऔषध गाजा र चरेश गएको छ। नेपालमा उत्पादित लागुऔषध गाजाचरेस हङकङ पुगेको स्रोतले जनाएको छ।

हङकङ विमानस्थलामा नेपालबाट गएको सामान बरामद भएपछि मात्रै नेपाल प्रहरीले त्यसबारेमा जानकारी पाएको छ। सो विषयमा छानविन गर्न लागुऔषध नियन्त्रण ब्युरोले डिएसपीको संयोजकत्वमा छानवीन समिति बनाएको छ।