ललिता निवास प्रकरण : आजदेखि प्रतिवादीका कानून व्यवसायीले बहस गर्दै

काठमाडौं - ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको किर्ते मुद्दामा मंगलबारदेखि प्रतिवादीका कानून व्यवसायीले बहस गर्ने भएका छन् ।

काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलको बहस सकिसकेकाले मंगलबारदेखि प्रतिवादी पक्षका वकिलहरुले बहस गर्ने भएका हुन् ।