SHARE
लोक पथ · बुधबार २२ असो २०८२ ११:५६ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

वीरगंज । एनआईसी एशिया बैंक र किरण आँखा अस्पतालबिच विशेष छुट सम्बन्धि सम्झौता भएको छ । अब बैंकका ग्राहकहरुले वीरगंजस्थित किरण आँखा अस्पतालमा आँखा उपचार गर्दा डिजिटल भुक्तानी गरे १० प्रतिशतसम्म छुट पाउनेछन् । यो छुट कन्सल्टेशन, अपरेसन, दृष्य परीक्षण, इएमआइ लगायतका सेवामा लागु हुनेछ ।