पाकिस्तानमा हिंसाको घटनाहरू बढ्दै, तीन महिनामा ९०१ जनाको मृत्यु
इस्लामाबाद । पाकिस्तानमा पछिल्लो तीन महिनामा हिंसाका घटनाहरू बढ्दा कम्तीमा ९०१ जनाको मृत्यु भएको छ भने ५९९ जना घाइते भएका छन् । सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (CRSS) ले प्रकाशित गरेको प्रतिवेदन अनुसार, जुलाईदेखि सेप्टेम्बरसम्म देशमा ३२९ हिंसाका घटनाहरू भएका थिए । यो अघिल्लो तीन महिनाको तुलनामा ४६ प्रतिशत बढी हो ।
