विपिन जोशी बन्धक बनेको अवस्थाको भिडियो आज सार्वजनिक गरिँदै
काठमाडौं । हमास समूहको अपहरणमा परेका नेपाली युवा विपिन जोशीबारे भिडियो सार्वजनिक हुने भएको छ । इजरायली मिडियाले विपिन जिवितै रहेको दाबी गर्दै उनको भिडियो सार्वजनिक समेत गर्न जनाएको हो । इजरायली खुफिया इकाइहरूले विपिन जीवित रहेको भन्दै भिडियो सार्वजनिक गर्न लागेको होस्टेज फ्यामिली फोरमले बुधबार जानकारी दिएको द जेरुसेलम पोष्टले जनाएको छ ।
