१६ लाखबराबरको पटाका बरामद
काठमाण्डु– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बेदकोट नगरपालिका–७ स्थित गाउजीबाट रु १६ लाख ८७ हजार मूल्यबराबरको पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए। विशेष सूचनाका आधारमा लुकाइछिपाइ राखेको पटाका बरामद गरिएको उनले बताए।
