अमेरिकामा दादुराको प्रकोप भयावह, न्युयोर्कमा आपत्काल घोषणा
एजेन्सी– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको संक्रमण तीव्र रूपमा बढेपछि राज्य सरकारले आपत्काल घोषणा गरेको छ। गभर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ्दै गएपछि आपत्काल घोषणा गरेका हुन् । यस वर्ष न्युयोर्कमा हालसम्म १०८ जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये ९२ जना जुलाई १५ पछि संक्रमित भएका हुन्।
